Friday April 26, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

दार्जिलिङमा भारतीय सुरक्षाकर्मीको ब्यापक दमन: दुईको मृत्यु

Jul 8, 2017 under Accidents/Incidents 105 , National 834 , Society and Communities 22

असार २४, २०७४- नेपाली भाषी भारतीय बहुल पश्चिम बंगालको दार्जिलिङमा फेरि तनाव बढेको छ । सुरक्षाकर्मीको गोलीबाट दुई युवाको मृत्यु भएपछि दार्जिलिङमा पुन: तनाव बढेको हो । सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा शुक्रबार राति स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो । उनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता थिए । 

बिरामी भाइलाई औषधि किन्न बजार जादै गर्दा सीआरपीएफलाई उनमाथि गोली चलाएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता निरज जिम्वाले जनाएका छन् । ‘सीआरपीएफले निहत्था युवाको हत्या गरेको छ’, जिम्वाले भने । 

भुटियाको हत्याको घटनाले शनिबार दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बनेको थियो । भुटियाको हत्या घटनाको बिरोधमा दार्जिलिङका बिभिन्न स्थानमा भएको तोडफोड र सुरक्षाकर्मीको भीडन्तमा थप एक युवाको मृत्यु भएको कालिम्पोङको अनलाइन पत्रिका खबरम्यागेजिनले जनाएको छ ।

दार्जिलिङमा सुरक्षाकर्मीसँगको झडपमा तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीको फायरिङवाट १२ जना भन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


Kantipur

No news.
Australian Dollar to Nepalese Rs