Friday April 26, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

दार्जेलिङमा नेपाली भाषी आन्दोलित; भारतीय सेना उतारेपछी नागरिक त्रसित

Jun 9, 2017 under Current Affairs 114 , Nepalese living abroad 20 , World 513

काठमाडौं-  पश्चिम बंगाल सरकारले विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि त्यसको विरोधमा दार्जिलिङका नेपाली भाषीहरु आन्दोलित भएका छन्। दाजिर्लिङका विभिन्न स्थानबाट सुरु भएका जुलुशहरु  à¤°à¤¾à¤œ भवन नजिकै गएर टुङिएका थिए। मोर्चाले सरकारको उक्त कदमको विरोधमा बन्दको समेत आयोजना गर्दै विरोधमा उत्रिएको थियो।

केही दिन अगाडि पश्चिम बंगाल सरकारद्वारा बंगाली भाषालाई अनिवार्य गरेपछि दाजिर्लिङमा रहेका नेपाली भाषीले उक्त निर्णयको विरोध गर्दै आएका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दार्जिलिङमै क्याविनेट बैठक बोलाएकी थिइन्। आन्दोलनकारीहरु बैठक बसिरहेकै स्थान राज भवन पुगेर विरोध जनाएका थिए। ४५ बर्ष पछि दार्जिलिङमा क्याविनेट बैठक बसेको हो।

विद्यालयमा बंगाली भाषा अनिवार्य गरिनु गतल भएको र सरकारले त्यसलाई तुरुन्त फिर्ता लिनुपर्ने  à¤—ोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बताए।

आक्रोशित आन्दोलनकारीहरुले  सुरक्षाकर्मीका केही भ्यान जलाएका छन्। केही दिन अगाडि पश्चिम बंगाल सरकारद्वारा बंगाली भाषालाई अनिवार्य गरेपछि दाजिर्लिङमा रहेका नेपाली भाषीले उक्त निर्णयको विरोध गर्दै आएका छन्।  à¤ªà¥à¤°à¤¹à¤°à¥€ दमनमा उत्रिन थालेपछि आन्दोलनमा रहेका जनताले प्रहरीको भेनमा आक्रमण गरेको गोर्खा जनमुक्ति मोर्चाका नेता बिमल गुरुङले बताए। प्रहरीका भ्यान जलाइएपछि स्थितिलाई नियन्त्रणमा लिन सडकमा सैनिक ओरालीएको जनाइएको छ।

स्थितिलाई मध्यनजर गर्दै प्रहरीले पर्यटन आगमन हुने स्थानमा तत्कालको लागि घूमफिरलाई समेत बन्द गराएको छ भने बजार समेत बन्द छ।

गोर्खा जनमुक्ति मोर्चाले सरकारले आफ्नो घोषणा परिवर्तन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ। 

No news.
Australian Dollar to Nepalese Rs