Friday April 26, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

विहानैदेखि काठमाडौंसहित देशभर बर्षा

Jan 27, 2017 under National 834 , Environment 15

kathmandu-rainfall

पश्चिमी वायुको प्रभावका कारण बिहीबार साँझ देखि मौसम बदली हुदाँ शुक्रबार विहानदेखिनै देशभर बर्षा भएको छ । अहिले काठमाडौं उपत्यका देखि पश्चिमी क्षेत्रमा निरन्तर पानी परी रहेको छ ।

आज दिनभर मौषम बदली हुने भएकाले वर्षा पुर्वतर्फ सर्दै गएको छ, उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमपात र पानी पर्दा सामान्य चिसो बढेको छ तर क्रमिक रुपमा तापक्रम बढ्दै जाने मौसमविद्ले बताएका छन ।

शनिबारदेखि क्रमिक रुपमा मौसम सुधार हुदाँ तापक्रम बड्ने र जाडो हट्ने जल तथा मौसम विज्ञान विभाग कार्यालय एयरपोर्टले पूर्वनुमान गरेको छ । पश्चिम नेपालबाट वदली शुरु भएको मौसम पुर्वी भेगमा बदली हुँदै जाने कार्यालयको पुर्वनुमान छ । ओसिलो बढी हुँदा तुवाँलो र बादलले आकाश ढाक्ने छ ।

आइतबारदेखि घाम लाग्ने र अधिकतम तापक्रम घट्ने न्युनतम तापक्रम बढ्ने छ । बिहिबार बिहानको न्युनतम तापक्रम ९.४ डिग्री सेल्सीयस रहेको थियो । यो बर्ष माघ १ गते बर्षकै चिसो हुदाँ उपत्यकामा शुन्य दशमलव चार डिग्री सेल्सीयस रहेको थियो । गत वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

No news.
Australian Dollar to Nepalese Rs