Friday April 26, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

आज माघे संक्रान्तिः यस्तो छ माघीको महत्व

Jan 14, 2017 under Culture and Tradition 16 , National 834

चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ ।

हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलार्इ भिन्न भिन्न तरिकाले मनाउँछन् ।

माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।

आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।

मकर संक्रान्तिको अवसरमा चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा ठूलो मेला लाग्छ । देवघाटधाममा मेला भर्न देशका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत तिर्थालूहरु आउने गर्छन् ।

थारु समुदायले माघी पर्व मनाउँदै

आजै थारु समुदायले धुमधामका साथ माघी पर्व मनाउँदैछन् । आजदेखि पाँच दिनसम्म थारु समुदायले माघी पर्व मनाउने गर्छन् । à¤¬à¤¿à¤¹à¤¾à¤¨à¥ˆ जलाशयमा गई स्नान तथा पूजा गरी आफूभन्दा ठूलाबढासँग आशिर्वाद लिने चलन छ ।

No news.
Australian Dollar to Nepalese Rs