Saturday April 27, 2024
BS 2081 Baishak 15
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

तास्मानियामा फैलदै नेपाली समुदाय, फस्टाउँदै ब्यवसाय

Jan 13, 2017 under Australia 90 , Nepalese in Australia 91

map_of_tasmania

होवर्ट । अस्ट्रेलियाको मेनल्यान्डबाट अलग रहेको तास्मानियामा पछिल्लो २ बर्षमा नेपालीहरुको संख्या झन्डै दोब्बर भएको छ।

तास्मानिया सरकारले सन् २०५० सम्म आफ्नो जनसंख्या ५ लाख १५ हजारबाट बढाएर छ लाख ५० हजार पुर्याउने लक्ष्यअनुसार ल्याएको माइग्रेसन फ्रेन्ड्ली नियमका कारण पनि पीआरका लागि अस्ट्रेलियाका à¤…न्य भागबाट तास्मानिया जाने नेपालीहरुको संख्या à¤¬à¤¢à¥‡à¤•à¥‹ छ ।

पछिल्लो दुई बर्षमा नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या पनि बढेको छ। गैर आवासिय नेपाली संघ à¤•à¥‹ गतिबिधीबाट अलग रहेको अस्ट्रेलियाको एक मात्र राज्य तास्मानियामा नेपालीहरुको संख्या बढेसँगै यहाँको सँस्था नेपाली सोसाइटी अफ तास्मानियाले पनि आफ्नो सक्रियता बढाएको छ।

नेपाली ब्यवसाय ज्यादै न्यून संख्यामा रहेको तास्मानियामा यो बर्ष मात्रै तीन नयाँ ब्यवसायहरु खुलेका छन् । नेपालीहरु मुख्यत: तास्मानियाको होबर्टमा छन् जहाँ करिब एक हजारको संख्यामा नेपाली रहेको नेपाली सोसाइटी अफ तास्मानियाको विश्वाश छ। साथै तास्मानियाका दुई मुख्य शहरहरु होबार्ट र लन्सेस्टनमा थुप्रै संख्यामा भुटानी शरणार्थीहरुको पनि बसोबास रहेको छ।

बढ्दो समुदाय, बढ्दो सक्रियता

तास्मानियामा रहेका नेपालीहरुलाई एकीकृत बनाउने र नेपाली भाषा, कला, सस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थापना भएको नेपाली सोसाइटी अफ तास्मानिया (नेस्ट) अहिले यहाँका नेपालीहरुको मुल सँस्था बन्न पुगेको छ। सँस्थागत बिकासको छोटो समयमा नै नेस्टले थुप्रै काम गरेको छ। सँस्थाका अध्यक्ष जगन्नाथ अर्यालका अनुसार यो बर्ष मात्रै सँस्थाले होबार्टमा झन्डै एक दर्जन जति कार्यक्रम गरेको छ र सबैजसो कार्यक्रममा नेपालीहरुको उत्साहजनक सहभागिता रहने गरेको छ। नेपाली सोसाइटी अफ तास्मानियाले मुख्य गरेर नेपाली नयाँ बर्ष, तीज, दशैँ र तिहारका अवसरमा बिशेष कार्यक्रमको आयोजना गर्ने गर्छ। 

तास्मानियामा सुरुमा काम पाउन समस्या भए पनि एकपटक अवसर पाएपछि यहाँ बस्नका लागि सोच्न नपर्ने नेस्टका अध्यक्ष अर्याल बताउँछन् । न्यूजिल्यन्ड, नेदरल्यान्ड, फ्रान्समा बसेर आएका अर्याल तास्मानियाको भु-बनावट नेपालसँग मिल्दोजुल्दो भएकोले पनि नेपाल मिस नहुने बताउँछन् । सन् २००७ देखि होबर्टमा बसोबास गर्दै आएका उनी तास्मानियाको एउटै मात्र बिश्वबिद्यालय युनिभर्सिटी अफ तास्मानियाका सिनियर प्राध्यापक हुन् ।

उनका अनुसार युनिभर्सिटी अफ तास्मानियामा पिएचडी गर्दै गरेका २०/२५ जना नेपाली विद्यार्थी छन् भने झन्डै ४ सयको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । युनिभर्सिटी अफ तास्मानियामा नेपाली विद्यार्थीहरुको छुट्टै संगठन पनि रहेको छ जसले नेपाली विद्यार्थीलाई पर्ने समस्या लगायत शैक्षिक परामर्शमा पनि सहयोग गर्ने गर्दछ।

नेपाली सोसाइटी अफ तास्मानियाले छिट्टै होबर्ट र क्यान्बेराका नेपाली क्रिकेट टिम बिच क्रिकेट प्रतियोगिताको पनि आयोजना गर्दैछ। à¤¯à¤¸à¥ˆà¤—री यहीँ जन्मेका तथा हुर्के बढेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उद्देश्यले नेपाली भाषा कक्षा पनि सञ्चालन भइरहको छ। 

फस्टाउँदै नेपाली ब्यवसाय 

“त्यो बेला नेपाललाई चिनाउने केही थिएन। नेपालीहरुको संख्या पनि साह्रै कम। त्यसैले फाईदा भन्दा पनि एउटा नेपाली ब्यवसाय पनि छ भनेर चिनाउन मैले १० बर्ष पहिले ताज à¤¸à¥à¤ªà¤¾à¤‡à¤¸ खोलेको हुँ।” तास्मानियाका पहिलो नेपाली ब्यावसायी अनिल श्रेष्ठ सुनाउँछन् । अहिले उनको स्वामित्वमा एउटा रेस्टुरेन्ट पनि छ- काठमान्डौ कुजिन। १९ बर्ष पहिले होबर्ट आएका श्रेष्ठ अहिले नेपाली ब्याबशायी चन्द्र योन्जनको स्वामित्वमा रहेको रोयल गोर्खाज इन्स्टिच्युट अफ टेक्नोलोजीको होबर्ट क्याम्पस प्रमुख छन् । मेल्बर्नमा रहेको आरजीआइटीको तास्मानिया ब्रान्च यहाँको सबै भन्दा ठूलो नेपाली ब्यवसाय हो जहाँ थुप्रै à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ काम गर्छन्।

तास्मानियामा बढ्दो नेपाली समुदायबारे अनिल श्रेष्ठ भन्छन, ‘संख्या मात्र बढेको होइन, अब यहाँको समुदाय स्थिर पनि बन्दैछ”। पहिले तास्मानियाबाट कलेज् चेन्ज गरेर वा यहाँबाट पिआर लिएर अस्ट्रेलियाको अन्य भागमा बसोबास गर्नेहरुको संख्या बढि थियो भने अहिले होबर्ट सरकारको स्किल माइग्रेसनका लागि ल्याएको स्टेट स्पोन्सर्शिप सम्बन्धी नयाँ नीतिले धेरैलाई यहाँ आकर्षित गर्नुका साथै केही समय होल्ड पनि गर्ने उनको बुझाई छ।

नेपालीको संख्या औंलामा गन्न सकिने बेला तास्मानिया आएका उनलाई अहिले बढ्दो संख्या देखेर रमाइलो लाग्छ।

ताज स्पाइस, काठमाडौं कुजिन र आरजीआइटी बाहेक यहाँ भर्खरै नेपाली हरुको ३ नयाँ ब्याबसाय सुरु भएको छ। जसमा डाँफे रेस्टुरेन्ट, राइनो ड्राइभिङ स्कुल र एजुकेशन-माइग्रेसन सम्बन्धी परामर्शका लागि रेजिडेन्सी गाइड। होबर्ट शहरको मुख्य भागमा खुलेको डाँफे रेस्टुरेन्टले स्थापनाको ३ महिना पनि नपुग्दै यहाँको ब्यस्त रेस्टुरेन्टको रुपमा स्थापित भइसकेको छ। लन्च र डिनरका लागि खोलिने यो रेस्टुरेन्टमा नेपाली तथा इन्डियन परिकार पाईन्छ भने यहाँका थुप्रै अस्ट्रेलियनहरुलाई पनि नेपाली खानाको स्वाद चिनाउँदै छ। रेस्टुरेन्टका संचालक डिला भण्डारी ब्यबसाय उत्साहजनक भएको बताउँछन् । तैपनि पर्यटकीय शहर होबर्टमा बर्षभरि नै उस्तै ब्याबसाय नहुने उनको बुझाई छ। यसरी खुलेका नेपाली ब्याबसायहरुले धेरै नेपालीलाई काम पनि दिइरहेका छन् ।

नेपालीको संख्या र ब्यबसाय यसैगरी बढ्दै जाने हो भने तास्मानियामा नेपाली चलचित्रहरुको प्रदर्शन, कलाकारहरुलाई बोलाएर गरिने कार्यक्रमहरु बढ्नुका साथै नेपालीको प्रभाव तास्मानियाको बहुसाँस्कृतिक समुदायमा अझै à¤¬à¤²à¤¿à¤¯à¥‹ हुने देखिन्छ।

No news.
Australian Dollar to Nepalese Rs