Friday April 26, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

काठमाडौं र पोखरामा 'फोर जी' सेवा सुचारु, प्रिपेड सिममा भने नचल्ने

Jan 12, 2017 under National 834 , Science & Tech 185 , Business/Economy 516

काठमाडौंः नेपाल टेलिकमले ‘फोर जी’ मोबाइल इन्टरनेट सेवा सुरु गरेको छ। फोर जी मोबाइल इन्टरनेट सेवाको आइतबार एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले ’सफ्ट लन्च’ गरेका हुन्।

मोवाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्ताका लागि प्रभावकारी सेवा मानिएको ‘फोर जी’ इन्टरनेट सेवा तत्कालका लागि पोष्ट पेड मोबाइलका प्रयोगकर्ताहरुले मात्रै प्रयोग गर्न पाउनेछन्। जीएसएम प्रिपेड सीमामा भने अहिले फोरजी सेवा सुचारु हुनेछैन। ‘फोर जी’ सेवा *444# डायल गरी सेवा सुचारु गर्न सकिनेछ।

4g-news

‘फोर जी’ इन्टरनेट अहिले प्रयोग गरिरहेको थ्रीजी मोबाइल इन्टरनेटभन्दा तीव्र गतिको इन्टरनेट सेवा हो। दूरसञ्चार क्षेत्रको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पुस १७ गतेबाट फोर जी सञ्चालनका लागि अनुमति दिएलगतै टेलिकमले काठमाडौं र पोखरामा फोर जी सेवा सुरु गरेको हो। काठमाडौं र पोखराबाट सुरु हुने फोर जी मोबाइल इन्टरनेट क्रमशः देशका प्रमुख सहरमा विस्तार गर्दै लैजाने टेलिकमको योजना रहेको à¤Ÿà¥‡à¤²à¤¿à¤•à¤®à¤•à¤¾ प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्।

टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने गरी गएको कात्तिकमा अनुमति पाएको थियो।

Annapurnapost.com
No news.
Australian Dollar to Nepalese Rs