Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

Nepalese in Australia protest against Indian blockade

Nov 26, 2015 under National 834 , World 513

भारतले लगाएको नाकाबन्दीको विरोधमा शुक्रबार अष्ट्रेलियाभरि सयौं नेपालीहरुले एक आवाजका साथ विरोध जनाएका छन् ।

protest-blockade-nepal-australia1एनआरएन अष्ट्रेलियाको आयोजनामा अन्य संघसंस्थाको सहभागिता रहेको कार्यक्रम सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका सहरमा एकै समयमा एकै आवाजका साथ विरोध जनाइएको हो । भारतले नेपाललाई हेपेर लगाएको नाकाबन्दीलाई विश्वब्यापी बनाउने र नाकाबन्दी हटाउन दबाब सृजना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । शान्तिपुर्ण रुपमा भारतको ज्यादतीको विरोध गर्दै लेखिएका ब्यानर बोकेर स्वतस्फुर्त रुपमा सहभागी नेपालीहरुको आन्दोलनलाई अष्ट्रेलियाली लगायतका विदेशी नागरिकहरुले समेत चासो दिएका थिए । '

सिड्नीको मार्टिन प्लेसमा यो बर्षको आजसम्मकै गर्मी ४२ डिग्रीको गर्मीको समेत वास्ता नगरि करिब १ हजार नेपालीहरु बिभिन्न ब्यानर बोकेर विरोध र्‍यालीमा सहभागी भएका थिए भने मेलबर्नमा परिरहेको पानीको वास्ता नगरि छाता ओडेर र भिज्दै नेपालीहरुले स्वतस्फुर्त रुपमा सहभागिता जनाएका थिए । एडिलेड र ब्रिसबन लगायका शहरहरुमा समेत सयौं नेपालीहरु भारतीय नाकाबन्दी अमानवीय भएको भन्दै यसलाई तत्काल हटाउन माग गर्दै सडकमा उत्रिएका थिए । ‘यो सरासर अन्याय र मिचाहा प्रवृति हो, एनआरएन न्यु साउथ वेल्सका उपाध्यक्ष प्रकाश खरेलले कान्तिपुरसँग भने– यसको तत्काल निशर्त अन्त्य हुनुपर्छ र सरकारले समेत सोही किसिमको कदम चाल्नुपर्छ भन्ने हाम्रो माग हो ।’

protest-blockade-nepal-australia3

विरोध कार्यक्रमलाई विदेशीहरुले समेत अत्यन्तै चासोका साथ अवलोकन मात्र गरेनन कि भारतले किन नाकाबन्दी लगाएको बिषयमा जिज्ञासा समेत राखेका थिए । ब्रिसबेनको क्युन्सल्याण्ड युनिभर्सिटीबाट बिद्यावारिधि गरिरहेका पिएचडी फेलो भरतराज पौडेलले उच्च तहमा रहेर अध्यापन गराइरहेका विदेशीहरुले समेत विरोध कार्यक्रमप्रति चासो राखेको बताए । आफूले भारतीय हेपाहा प्रवृत्ति र नाकाबन्दी लगाएको कारणको बारेमा उनीहरुलाई स्पष्ट पारेको उनले बताए । ‘उनीहरुको सोच समेत भुपरिवेष्ठित मुलुकले पाउनुपर्ने अधिकार निशर्त पाउनुपर्छ भन्ने अडानमा देखिए पौडेलले भने– हामीले यो विरोधको आवाज यहाँका बौद्धिक वर्गसम्म पुऱ्याउन खोजेका थियौं जसमा हामी सफल भयौं ।’

एनआरएन अष्ट्रेलियाले पहिलो चरणमा आयोजना गरेको यो कार्यक्रमपछि अन्य थप दबाबमुलक कार्यक्रमहरु जारी राख्ने यसअघि नै घोषणा गरिसकेको छ ।

protest-blockade-nepal-australia4



Source: Kantipur

No news.
Australian Dollar to Nepalese Rs