Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

मलेसियामा हत्या आरोपमा पक्राउ

Mar 3, 2017 under Nepalese living abroad 20

मलेसियाबाट मजदुरी गरी घर फर्किरहेका दार्चुला अपी नगरपालिका–१० बाँझका गणेश सिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जनाउनुभएको छ । सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए ।

मृतक गणेशका आमा कुटनी महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दार्चुला सदरमुकाममा फागुन १६ गते साँझ गणेशसँगै मादकपदार्थ सेवन गरी सँगै घरतिर लागेका बताइएको छ ।

सँगै घर फर्केका उनीहरुमध्ये गणेश फागुन १६ गते राति १२ बजे दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ । रासस

Tagged: Malaysia 9

No news.
Australian Dollar to Nepalese Rs