Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

सयौँ वर्ष पुराना मानव कङ्काल भेटिए

Mar 1, 2017 under National 834

चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् ।घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिनुभयो । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेको डाँगीले बताउनुभयो ।

“कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्”, उहाँले भन्नुभयो । भेटिएका यी कङ्काल आफूले सुरक्षित साथ बोरामा राखेको उहाँको भनाइ छ । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । उनीहरुका अनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यतिबेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो । रासस

Tagged: Jumla 2

No news.
Australian Dollar to Nepalese Rs