Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

स्वाइन फ्लुको बिरामी भेटियो

Feb 28, 2017 under Health & Lifestyle 145

tekuhospital_logo

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका एकजना बिरामीमा स्वाइन फ्लु भाइरस फेला पारेको छ ।  अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एक हप्ताअघि अस्पताल पुगेका ५० वर्षीय पुरुषलाई स्वाइनफ्लुको सङ्क्रमण देखिएको हो ।  
रुघाखोकी निको नभएपछि स्वाइनफ्लुको आशङ्कामा परीक्षण गर्दा स्वाइनफ्लु पुष्टि भएको डा. पुनले जानकारी दिनुभयो ।  उहाँले स्वाइनफ्लु सरुवा रोग भएकाले तथा एक अर्कामा छिट्टै सर्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।  ‘सामान्यतया जाडो महिना सकिन लाग्दा कुनै न कुनै सङ्क्रामक हुन सक्छ’, डा. पुनले भन्नुभयो, “गत वर्ष हङकङ फ्लुले सताएको थियो भने यो वर्ष स्वाइनफ्लु देखापरेको छ । ” खोकी लागिरहे, घाँटी खसखसाइरहे, १० दिनसम्म पनि कडा ज्वरो आए, बालबालिकामा ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने भएमा स्वाइनफ्लु भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिने बित्तिक्कै चिकित्सककहाँ जानुपर्ने डा. पुनको सल्लाह छ ।  
दमका रोगी, मुटु रोगी, वृद्धवृद्धा, पाँच वर्षमुनिका बालबालिका र अङ्ग प्रत्यारोपण गरेका व्यक्तिलाई फ्लु छिटै सर्न सक्ने भन्दै सतर्क रहनुपर्ने उहाँले बताउनुभयो ।

What is Swine Flu?

No news.
Australian Dollar to Nepalese Rs