Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

उपचारका लागि भारतीय बिरामी नेपालमा

Feb 22, 2017 under National 834 , Health & Lifestyle 145

नेपालगन्ज : à¤•ुनै रोग लाग्दा नेपाली उपचारको लागि भारतका ठुला ठुला अस्पतालमा जाने गर्दछन् तर आँखाको उपचारको लागि भारतीय बिरामी समेत नेपाल आउने गरेका छन्।

आँखाको उपचार राम्रो सेवा नेपालमा भएका कारण भारती बिरामी समेत आर्कषित भएका छन्। भारतको बहराइचका ७१ बर्षिय सोहनलाल यादव दुई पटक उपचारको लागि नेपालगन्ज स्थीत फत्तेवाल आँखा अस्पताल आएका छन्। मोतिया बिन्दुका विरामी यादवले भारतमा भन्दा नेपालमा राम्रो उपचारको हुने भएकोले आएको बताए। ‘यहाँ राम्रो उपचार हुन्छ त्यसैले आएको हु ’ मोतियाबिन्दुका विरामी यादवले भने,‘ लखनउ,कानपुर भन्दा राम्रो नेपालगन्जमा आँखाको उपचार हुन्छ भनेर धेरै विरामी बहराइचबाट आउँछन।’

बहराइचकै उग्रसेन यादवले समेत आफ्नी श्रीमती रिमा यादवको उपचार गराउन नेपालगन्ज लिएर आएका छन्। उग्रसेनले भने , ‘ श्रीमतीको टाउको दुख्यो आँखाबाट आँसु धेरै आयो, सबै नेपाल जाउँ,राम्रो उपचार हुन्छ भने त्यसैले देखाउन आएका हौँ। ’
भारतको नानपारा शिवपुरका ७५ बर्षिय राम यस मोतियाविन्दुको उपचारको लागि नेपालगन्ज राम्रो उपचार हुने भएको सुनेर आएको बताउँछन्।

सोहनलाल,रिमा र राम मात्र होइन बाँकेको नेपालगन्जमा रहेको फत्तेवाल आँखा अस्पतालमा अधिकाश विरामी उपचारको लागि भारतबाट नै आउने गरेका छन्।

अस्पतालका प्रवन्धक डा. कौशल कुमार वर्मा फत्तेवाल आँखा अस्पतालमा ठुलो सख्यामा भारतीय विरामी उपचारका लागि आउने गरेको बताउँछन्। प्रवन्धक डा. वर्माका अनुसार शल्यक्रिया(अपरेशन) हुने ६० प्रतिशत भन्दा बढि विरामी भारतीय नै हुने गरेका छन्।

बहिरंग विभागमा उपचारका लागि आउने ५० प्रतिशत बढि विरामी भारतीय नै हुने गरेका छन्। भारतको बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबंकी,लखनउ, अयोध्या,फैजावाद,सुल्तानपुर सम्मबाट विरामीहरु फत्तेबाल आँखा अस्पतालमा उपचारका आउने गरेका छन्। विशेषज्ञ चिकित्सक र सेवा राम्रो भएका कारणले नै धेरै भारतीय विरामी उपचारको लागि आउने गरेको डा. वर्माको दाबी रहेको छ। २०४२ सालमा स्थापना भएको सो अस्पतालमा आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २० हजार जनाले आँखा परिक्षण गराएका छन् भने ११ हजार ७०१ जनाले शल्यक्रिया सेवा लिएका छन्। जसमा आँखा भन्दा बढि भारतीय नागरिक रहेका छन्। फत्तेबाल आँखा अस्तपाल पछिल्लो समयमा रिफरल केन्द्रको रुपमा समेत विस्तार भइरहेको छ।

सो अस्पतालले आँखा सम्बन्धि सबै रोगको परीक्षण तथा औषधी उपचार सेवा प्रदान गरेको छन। अस्पतालका प्रबन्धक डा.वर्माका अनुसार बालबालिकाको आँखा उपचारका लागि विशेष विभाग, न्यून दृष्टि परामर्श सेवा, याग लेजर उपचार, मोतिविन्दु विना टाँका तथा फेको प्रविधिबाट अपरेशन, मधुमेहको कारणले दृष्टिपर्दामा हुने खराबीको ग्रीन लेजरद्धारा उपचार, जलविन्दुको अप्रेशन, बन्द आँसु नलीको अपरेशन, डेढो आँखाका अप्रेशन जस्ता मेजर अप्रेशन तथा इन्ट्रोपियन,आँखामा मासु पलाएको अप्रेशन, आँखाको नानी मर्मत सहितको माइनर अप्रेशन सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ। ३० बर्ष पहिले १० शैयाबाट सञ्चालन शुरुवात भएको सो अस्पतालमा हाल २५० शैया रहेका छन्। अस्पतालमा ३ जना विशेषज्ञ चिकित्सक सहित ३५जना स्वास्थ्यकर्मी रहेका छन्।

अस्पतालमा पेयिंग सेवा समेत
सो अपस्तालमा निजी क्लिनिक भन्दा महँगो पेयिगं सेवा समेत प्रदान गरिएको छ। सामान्य समय आउने नसक्ने र जनरल ओपिडी समयमा लाग्ने समयलाई बचाउन चाहने विरामीलाई सस्थागत पेयिंग क्लिनिक मार्फत उपचार गराइने गरेको छ।साँझ ५ बजे देखि ७ बजे सम्म ४ सय रुपयाँ शुल्क लिएर निजी क्लिनिक जस्तै उपचार सेवा प्रदान गरिने गरेको अस्पतालले जनाएको छ।

शनिबार र विदाका दिन समेत पेयिंग सेवा सञ्चालनमा हुने गरेको छ। अस्पतालका प्रबन्धक डा. वर्माका अनुसार अस्पतालमा दिनहु तीन समय उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ। प्रत्येक दिन विहान ८ बजे देखि ११ सम्म, १२ः३० देखि ३ः३० सम्म नाम दर्ताको समय तोकिएको छ। पेयिग सेवाको लागि ५ बजे देखि ७ बजेसम्म विशेषज्ञ सहित सेवा प्रदा हुने गरेको छ। भर्ना भएकै दिन अपरेशन हुने व्यवस्था समेत मिलाइएको उनले बताए। उनले निकट भविष्यमा नै फास्ट ट्रयाक ओपिडी सेवा शुरु गर्ने गहृ कार्य भइरहेको जानकारी दिए।

भेरी अञ्चलमा १ हजारमा ६ जनामा अन्धोपन
मध्यपश्चिममा १ हजार मध्ये ६ जनामाअन्धोपनको समस्या रहेको छ। अस्पतालका अनुसार अन्धोपन सम्बन्धि २०१६ मा गरिएको सर्वेक्षणमा भेरी अञ्चलमा ०.५७ प्रतिशतमा अन्धोपनको समस्या देखिएको छ। जसकी नेपालको कुल जनसं्खया ०.३५ प्रतिशतमा अन्धोपनको समस्या देखिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार समाजमा अन्धोपनको समस्या प्रमुख स्वास्थ्य समस्याको रुपमा छैन भन्ने लक्ष्या पुरा गर्न कुल जनसख्याको ०.२० प्रतिशत भन्दा कम हुनु पर्छ।

Annapurnapost.com
No news.
Australian Dollar to Nepalese Rs