Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

मधेसमा शक्ति देखाउँदै एमाले

Feb 22, 2017 under Current Affairs 114 , National 834

जनकपुरधाम: à¤®à¤§à¥‡à¤¸à¥€ मोर्चाको 'एमालेमुक्त मधेस' बनाउने घोषणालाई चुनौती दिँदै स्थानीय चुनाव घोषणा भएको भोलिपल्टै मंगलबार बिहानै एमालेले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ।

मोर्चाको असहमतिकैबीच सरकारले सोमबार राति ३१ वैशाखमा चुनाव गर्ने निर्णय गरेपछि राति नै मोर्चाले बुधबार मधेस बन्दको घोषणा गरेको छ। मधेसमा एमालेलाई निषेध गर्ने मोर्चाको घोषणालाई चुनौती दिँदै एमालेले मधेस राजनीतिको केन्द्र जनकपुरमा शक्ति प्रदर्शन गरेको हो।

जनकपुरमा मंगलबार बिहानै एमाले नेता-कार्यकर्ताले ठूलो संख्यामा मोटरसाइकल र्‍याली निकालेका थिए। जनकपुरको जनकचोकमा जम्मा भएका एमाले समर्थकले मोटरसाइकल र्‍यालीसहित नाराबाजी गरेका थिए।

पार्टीको पूर्वघोषित कार्यक्रम नभए पनि निर्वाचन घोषणा भएको भोलिपल्ट यसप्रकारकोर्‍याली निकाल्नुले एमालेले मधेसमा शक्ति देखाउने प्रयास गरेको स्थानीयले बताए। एमालेले मधेस आन्दोलनपछि सार्वजनिक रूपमा कुनै कार्यक्रम गरेको थिएन।

स्थानीय सोहन सिंहले मधेसी मोर्चाको आन्दोलन घोषणा तथा एमालेले शक्ति देखाउनुले मुठभेडको अवस्था आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे।निर्वाचन घोषणाको विरोधमा मधेसी मोर्चाले मंगलबार साँझ मसाल जुलुस र बुधबार मधेसमा आमहडताल घोषणा गरिसकेको छ।

एमालेले चुनावकेन्द्रित संगठन विस्तार अभियान सुरु गरेको छ। स्थानीय चुनावलाई लक्ष्य गरी काठमाडौंमा मंगलबार एमालेले मधेसकेन्द्रित अभियान घोषणा गरेको छ। एमाले उपाध्यक्ष वामदेव गौतम मंगलबारै धनुषा आइपुगेका छन्। पटक-पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत भइसकेका एमाले उपाध्यक्ष गौतम मंगलबार धनुषा क्षेत्र नम्बर ३ मा पार्टी प्रवेश कार्यक्रमलगायत अन्य सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।

मधेसमा एमालेलाई निषेध गर्ने मोर्चाको घोषणालाई चुनौती दिँदै एमालेले मधेस राजनीतिको केन्द्र जनकपुरमा शक्ति प्रदर्शन गरेको हो।

उपाध्यक्ष गौतम जनकपुर आउनुअगावै एमालेका स्थानीय नेता-कार्यकर्ताले ठूलो संख्यामा जनकपुर नगरक्षेत्रभित्र मोटरसाइकलमा नारा-जुलुस प्रदर्शन गरेका हुन्। गौतमको विरोध गर्दै मोर्चाका नेता-कार्यकर्ताले नगरका ठाउँ-ठाउँमा टायर बाली प्रदर्शन गरेका थिए।

जनकपुरधाम क्षेत्रमा एमालेको प्रदर्शन दिनभरजसो जारी रह्यो भने मोर्चा कार्यकर्ताको विरोधचाहिँ धेरैबेर टिक्न सकेन। मोर्चाका कार्यकर्ताले साँझ मसाल जुलुस निकालेका थिए। मसाल जुलुसमा सयौं कार्यकर्ता सहभागी थिए।

संविधान संशोधन नगरी सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मोर्चाले जनकपुरमा मसाल जुलुस प्रदर्शन गरेको हो। मोर्चाका नेता-कार्यकर्ताले जनकपुरमा मसाल जुलुस प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए।

सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले एमालेको तर्फबाट मधेसीलाई उक्साएर निर्वाचनपूर्व दुर्घटना गराउने षड्यन्त्र भइरहेको र यदि एमालेविरुद्ध मधेसमा घटना भए त्यसको जिम्मेवार स्वयं एमाले हुने चेतावनी दिए।

मधेसविरोधी दलका रूपमा एमालेले पहिचान भएको आरोप लगाउँदै सिंहले फेरि पनि मधेस आउने दुस्साहस गरे कडा प्रतिकार गरिने चेतावनी दिए।
मोर्चाका नेतालाई संविधान संशोधनको सबैभन्दा ठूलो बाधक दल एमाले रहेको आरोप लगाइरहेका छन्।

लोकतन्त्रमा हरेक दलले आफ्नो कार्यक्रम गर्ने छुट रहेको भन्दै यो कसैलाई गिज्याउनु वा उक्साउनुभन्दा पनि पार्टीको सांगठनिक विस्तारका लागि गरिएको कार्यक्रम रहेको एमाले नेताले बताएका छन्।

Annapurnapost.com
No news.
Australian Dollar to Nepalese Rs