Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

आजदेखि चितवनमा पनि लोडसेडिङ नहुने

Feb 9, 2017 under Interesting 143 , Business/Economy 516 , National 834

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि चितवनलाई लोडसेडिङमुक्त बनाएको छ ।

बिहीबारदेखि चितवन जिल्ला लोडसेडिङमुक्त भएको हो । à¤”द्योगिक फिडरबोह सबै फिडरमा अब लोडसेडिङ नहुने प्राधिकरणका चिवन प्रमुख रामदुलार यादवले अनलाइनखबरलाई जानकारी दिए ।

अब राष्ट्रिय ग्रीडबाट बिजुली वितरण भएका चितवनका सबै क्षेत्रमा लोडसेडिङ नहुने विद्युत प्राधिकरण चितवनका इञ्जिनियर राजेन्द्रप्रसाद पौडेलले बताए à¥¤

‘सरकारी नीतिअनुरुप नै लोडसेडिङ चितवनमा हटाउने योजना कार्ययोजना थियो’ पौडेलले भने, ‘प्राधिकरणका कार्यकारी निर्देशकबाट पनि हामीलाई त्यसैअनुरुप निर्देशन आएपछि आजदेखि लोडसेडिङ हटाएका हौं ।’

उनले सबै प्राविधिक तयारी पुरा गरेर बिहीबारदेखि नै लाइट काट्न बन्द गरिएको बताए । ‘अब प्राविधिक समस्या आउँदाबाहेक सेड्युल राखेर लोडसेडिङ हुँदैन’ पौडेलले भने ।

केही समयअघि चितवनमा एक सार्वजनिक कार्यक्रममै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले चितवनललाई छिटै लोडसेडिङमुक्त गरिने बताएका थिए ।

चितवन औद्योगिक जिल्लाका रुपमा विकास भइरहेको छ । विशेशषगरी पोल्ट्री, कृषि र पशुपालनमा चितवनको बलियो अवस्था छ । लोडसेडिङ अन्त्य भएपछि चितवनमा थप उद्योगधन्दा र कलकारखना खुल्ने अनुमान छ ।

Onlinekhabar.com
No news.
Australian Dollar to Nepalese Rs