Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

अब उपभोक्ता आफैं मिटर रिडर !

Jan 27, 2017 under Business/Economy 516

meter-reading-customer-nh

नेपाल विद्युत प्राधिकरणले एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेपछि कर्मचारी वृत्तमा ठूलै हलचल मच्चिएको छ ।

कर्मचारी सरुवा भएका ठाउँमा पुग्न समय लाग्ने भएपछि अब मिटर रिडरको काम अब उपभोक्ता आफैंले गर्नुपर्ने भएको छ । प्राधिकरणले आज एक सूचना निकाल्दै भनेको छ, ‘कर्मचारी व्यवस्थापनका कारण दैनिक मिटर रिडिङ हुने कार्यमा कथंकदाचित तोकिएको मितिमा रिडिङ हुन नसके सम्बन्धित ग्राहकहरुले आफ्नो मिटरमा उठेको अंक टिपी सम्बन्धित विद्युत महसुल बुझाउने आय/काउण्टरमा गई विद्युत महसुल भुक्तानी गरी रिबेटसमेत लिन हुन हार्दिक अनुरोध गर्दछौं ।’

यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमा पनि मागेको छ । सरुवा भएका कर्मचारी आ–आफ्नो कार्यक्षेत्रमा पुगेर काम शुरु गर्न समय लाग्ने भएकाले मिटर रिडिङ्गमा समस्या हुने भएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो । विद्युत चोरीमा कर्मचारी नै संगठित रुपमा लागेको भेटिएपछि आउँदा दिनमा त्यस्तो काम रोक्न भन्दै प्राधिकरणले हिजो एकै पट झण्डै २५ सय कर्मचारीको सरुवा गरेको थियो ।

No news.
Australian Dollar to Nepalese Rs