Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

घाटा सहेरै थप दुई चिनियाँ जहाज

Jan 23, 2017 under National 834 , Travel 114 , Interesting 143

काठमाडौं: नेपाल वायुसेवा निगमले आन्तरिक उडानको सञ्चालन घाटा सहेरै भए पनि थप चिनियाँ जहाज ल्याउने तालिका बनाएको छ । निगमले एउटा ५६ सिट क्षमताको एमए ६० र १८ सिटको वाई १२ ई जहाज ल्याउन अपरेसन विभागका निर्देशक क्याप्टेन आरके शेरचन र इन्जिनियर विभागका निर्देशक पोषक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय टोली चीन पठाइसकेको छ ।

निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार दुईवटा चिनियाँ जहाज सञ्चालमा रहेका र थप दुईवटा जहाज ल्याउन निगमले टोली परिचालन गरिसकेको छ । निगमका लागि थप एक एमए ६० आगामी बिहीबार र वाई १२ शनिबार काठमाडौं आइपुग्ने भएका छन् । एक सातामै दुई जहाज दुई दिनकै फरकमा आउने तालिका तय भएको उनको भनाइ छ । बाँकी तीन वाई १२ जहाज भने निगमले आफ्नो तालिका मिलाएर ६ महिनाभित्रमा ल्याउने जानकारी दिएको छ ।

निगमले दिएको जानकारीअनुसार एमए ६० क्याप्टेन गोपालसिंह विष्ट र कोपाइट पीएस जेबी राणाले उडाएर ल्याउने भएका छन् । वाई १२ को क्याप्टेन भने तय हुँदैछ । निगमको लागि दोस्रो एमए ६० र वाई १२ जहाज चीनबाट काठमाडौंसम्म नै उडाएर ल्याउने भएका छन् । चीनको सियानबाट कुनन्मिङसम्म चिनियाँ पाइलट नै ल्याइदिने भएका छन् भने कुन्मिङबाट बंगलादेश हुँदै नेपाली क्याप्टेनले उडाएर ल्याउनेछन् । पहिलो दिन आउने एमए ६० बुधबारै ढाकासम्मम आइपुग्छ भने बिहीबार काठमाडौं आइपुग्ने भएको छ ।

निगमले ल्याउने जहाजका लागि काठमाडौं विमानस्थलमा अवतरणको अनुमति मात्रै लिन बाँकी रहेको र बाँकी सबै प्रक्रिया पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्र्तगतको हवाई उड्डयन सुरक्षा विभागले जानकारी दिएको छ । जहाज ल्याउँदा प्राधिकरणको पनि टोली निरीक्षणमा जाने तयारीमा छ । प्राधिकरणको टोली भने अझै एकदुई दिन पछाडि मात्रै चीन जाने उल्लेख छ ।


वायुसेवा निगमका अनुसार आन्तरिक उडानमा घाटा सहेरै भए पनि निगमले चिनियाँ जहाज भित्र्याउने पक्का भएको छ । हाल चीनकै अनुदानमा पाएको वाई १२ ई र एमए ६० नामका दुईवटा जहाज उडानमा छन् । यी दुई जहाजले निगमको आन्तरिक उडानमा नाफा दिनु त कता हो कता उल्टै घाटा मात्रै बढाएको उल्लख छ ।


निगमको आन्तरिक उडान घाटामै रहेको भए पनि चिनियाँ जहाजको कारण थप घाटा चुलिरहेको पनि उल्लेख छ । चिनियाँ जहाजकै कारण आन्तरिक उडान गत आर्थिक वर्ष २०७२/७३ मा ३२ करोड ९० लाख रुपैयाँ घाटा गएको गएको थियो । निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा आन्तरिक उडानमा जहाज उडाउँदा उडाउँदै पनि यस्तो घाटा १४ करोड १२ लाख रुपैयाँ व्यहोरिएको उल्लेख छ । निगमले अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडानमा लगाउने गरेको छ । निगम सरकारी भएको र सेवामूलक तथा सहुलियतदरमा उडान गर्नुपर्ने भएकाले पनि आन्तरिक उडान घाटामा गएको उल्लेख छ । चिनियाँ जहाज भने उडान समयभन्दा बढी थन्किने गरेकाले पनि घाटा बढेको हो ।


निगमका सहप्रवक्ता कंसाकारका अनुसार चिनियाँ जहाज वाई १२ ले गत आर्थिक वर्ष २०७२/७३ को एक वर्षमा जम्मा एक सय दुईवटा उडान गरेर ६ सय २२ जना यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले चालू आर्थिक वर्ष २०७३/७४ को चार महिनामा भने जम्मा ८५ वटा उडान गरेर दुई सय ९५ जना यात्रुलाई सेवा दिएको छ । उडानमा रहेको एमए ६० ले भने गत वर्ष नौ सय ६ वटा उडान गरेर २० हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । यो वर्षको गत मंसिरसम्मा भने यसले तीन सय सात उडानबाट पाँच हजार नौ सय यात्रुलाई सेवा दिएको उल्लेख छ ।


नेपालले चीनसँग गरेको सहमतिअनुसार बाँकी तीनवटा वाई १२ भने तालिका मिलाएर ६ महिनाभित्र ल्याइने निगमको अपरेसन विभागले जानकारी दिएको छ । निगमले दुईवटा जहाज सञ्चानलमा घाटामा खाएको र सञ्चालन गर्नै नसक्दा घाँडो बन्न पुगेको छ । यस्तो अवस्थामा पनि निगमले थप चारवटै चिनियाँ जहाज भित्र्याउन थालेको हो । निगम स्रोतले दिएको जानकारीअनुसार चारलाख डलर मूल्यको स्पेयरपार्ट चिनियाँ पक्षले काठमाडौंमा उपलब्ध गराउने, चार अर्ब रुपैयाँसम्म लागतकै एउटा वाइडबडी र दुईवटा न्यारोबडी क्षमता भएको एक ह्याङ्गर बनाइदिने, निगमले आंैल्याएका अधिकांश समस्याको समाधान गर्ने सहमति भएपछि थप जहाज ल्याउने निर्णय भएको हो ।


निगमका अनुसार प्रशिक्षक पाइलट उपलब्ध गराउने, चिनियाँ भाषाको डकुमेन्ट सबै अंग्रेजीमा उपलब्ध गराउने, वार्षिक रूपमा बिमा शुल्क घटाउने र स्पेयरपार्ट काठमाडौंमा नै उपलब्ध गराउने, क्षमताअनुसार उड्न नसक्ने यो जहाजको क्षमता परीक्षण पनि गर्ने सहमतिपछि थप चिनियाँ जहाज ल्याउन निगम राजी भएको हो ।


नेपाल र चीनबीच विसं २०७० मंसिर १३ मा ६ वटा चिनियाँ जहाजका ल्याउने सम्झौता भएको थियो । इन्फो निगमका लागि थप एक एमए ६० आगामी बिहीबार र वाई १२ शनिबार काठमाडौं आइपुग्ने भएका छन् ।

Annapurnapost.com
No news.
Australian Dollar to Nepalese Rs