Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

सिड्नीमा नेपाली युवा मृत फेला

Jan 20, 2017 under Accidents/Incidents 105 , Nepalese in Australia 91 , National 834

माघ ७, २०७३- अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवा मृत फेला परेका छन् । मृतक काठमाडौ बाफल घर भएका निरजलाल श्रेष्ठ रहेको बुझिएको छ ।

सिड्नीको कार्लटनमा बस्दै आएका श्रेष्ठ ३ वर्षअघि विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए । उनी स्थानीय फेडेरेसन युनिभर्सिटीबाट आइटीमा मास्टर्स डिग्रीको अध्ययन सकेर स्थायी बसोबासको अनुमती लिने प्रक्रियामा रहेका थिए । उनलाई कार्लटनको रेल स्टेसन नजिक हिजो बिहिबार राति मृत फेला पारिएको प्रहरीलाई उद्धृत गर्दै नेपाली दुतावासले जनाएको छ ।
 
न्यु साउथ वेल्सका वाणिज्यदूत दीपक खड्काले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र वाणिज्य दूतावासले आवश्यक कन्सुलर सहयोग पुर्‍याइरहेको जानकारी दिए । उनको शवलाई प्रहरीले अनुसन्धानका लागि कोरोनरमा लगेको समेत खड्काले जानकारी दिए ।

Kantipur
No news.
Australian Dollar to Nepalese Rs