Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

क्याप्टेनले मोबाइल स्विच अफ गरेपछि ...

Jan 12, 2017 under National 834 , Travel 114 , Science & Tech 185

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन्। जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिकाअनुसार एक घन्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त।

तर, जहाज उड्दैन।

करिब आधा घन्टाअघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन्। चालकदलका सदस्यले बल्ल साढे ११ बजे थाहा पाए– जहाज कमान्ड गर्दै दोहासम्म उडाएर लैजानुपनर्ेे वरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन 'स्विच अफ' छ।

उडान तालिकाअनुसार उड्नु एक घन्टाअगाडि क्याप्टेन र को–पाइलट विमानस्थल पुगिसकेको हुनुपर्छ। तर, क्याप्टेन गुरुङ भने मोबाइल स्विच अफ गरेर 'गैरजिम्मेवार' तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालकदलले उडान रद्द भएको घोषणा गर्‍यो।

तैपनि अर्को क्याप्टेन व्यवस्था गरेर जहाज उडाउँछन् कि भनेर थप आधा घन्टा जहाजभित्रै कुरेका यात्रु निराश हुँदै मध्यरात १२ बजेबाट जहाजबाट बाहिर निस्किए। निगम व्यवस्थापनले उनीहरूलाई मध्यरात बल्लबल्ल होटल खोजेर सुत्ने व्यवस्था मिलाइदियो।

उनीहरु बुधबार बिहान निगमकै त्यही जहाजबाट बल्ल दोहा उड्न पाए।

'क्याप्टेन गुरुङको मोबाइल स्विच अफ भए पनि उनले उडानमा आउन नसक्ने जानकारी आठ/दस घन्टा पहिले नै दिनुपर्थ्यो तर पूरै बेवास्ता गरे,' निगम सम्बद्ध स्रोतले बुधबार नागरिकसँग भन्यो, 'यसमा गुरुङ र निगम व्यवस्थापनको चरम लापरबाही छताछुल्ल भएको छ।'

 

Nepal-Airlines-A320-2015-a

सम्बद्धस्रोतका अनुसार क्याप्टेन गुरुङले जहाज उडाउन नआउनुको कारण भने उनको उडान अनुमतिपत्र (लाइसेन्स) को म्याद सकिनु पो रहेछ। 'क्याप्टेन गुरुङको गल्ती त छँदै छ तर सबैभन्दा ठूलो गल्ती लाइसेन्स म्याद सकिएका क्याप्टेनलाई जहाज उडान तालिकामा राख्ने व्यवस्थापनको हो,' स्रोतले भन्यो, 'यसमा सम्बद्ध सबैलाई कडा कारबाही हुनैपर्छ।'

निगमसँग रहेका दुईमध्ये उडानमा रहेको एकमात्र 'बोइङ ७५७–२००' सिरिजको जहाजबाट ती यात्रु दोहा जान लागेका थिए। निगमले कुन उडान कुन क्याप्टेनले कमान्ड गर्ने भनेर सामान्यतयाः एक दिनअघि जानकारी दिने गरेको छ। मंगलबारको उडानबारे पनि क्याप्टेन गुरुङलाई जानकारी थियो।

'तर, उनले लाइसेन्सको म्याद सकिएको जानकारी उडान सञ्चालन विभागलाई दिएनन्,' स्रोतले भन्यो, 'यसको प्रत्यक्ष मार यात्रुलाई पर्न गयो भने निगमको छवि पनि थप धुमिल हुन पुगेको छ।'

हाल उडान सञ्चालन विभागको निर्देशकमा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार (आरके) शेरचन छन्। तर, उनी एक साता लामो बिदा लिएर मुस्ताङ गएका छन्। 'दोहा उडान रद्द भएको बुधबार बिहान थाहा पाएँ,' शेरचनले टेलिफोनमा नागरिकसँग भने, 'घटनाबारे विस्तृतमा जानकारी छैन। काठमाडौं आएपछि बु‰à¤›à¥à¥¤'

निगमका एक उच्च अधिकारीका अनुसार क्याप्टेन गुरुङले केही घन्टाअगाडि मात्रै उडान गर्न नसक्ने जानकारी दिएको भए पनि क्याप्टेन व्यवस्था गरेर तोकिएको समयमै उडान सम्भव थियो। 'इलेभेन्थ आवर (अन्तिम) मा र त्यही पनि मध्यरातमा क्याप्टेनको मोबाइल स्विच अफ छ अब के गर्ने भनेर विमानस्थलबाट फोन आयो,' उनले भने, 'अनि बाध्य भएर उडान रद्द गर्‍यौं।'

सम्बद्धस्रोतले क्याप्टेन गुरुङलाई मंगलबार राति दोहा उडान गर्ने जिम्मेवारी दिएको जानकारी २० घन्टाअगाडि नै दिए पनि उनले आफ्नो लाइसेन्स नवीकरण नभएकाले उडान गर्न नसक्ने जबाफ भने दिएका थिएनन्। त्यसैले व्यवस्थापनलाई यस्तो समस्या आउला भन्ने शंकै थिएन। जुन दिन उनलाई उडान गर्न भनियो, त्यस दिन उनको लाइसेन्सको म्याद सकिएको १० दिन भइसकेको थियो।

'लाइसेन्सको म्याद सकिएको क्याप्टेनलाई जहाज उडाउन तालिकामा उडान सञ्चालन विभागले कसरी राख्न मिल्छ?,' स्रोतले भन्यो, 'त्यसमाथि एउटा पाइलटले उडान गर्न नसके विकल्पका रूपमा अन्य पाइलट पनि व्यवस्था गरिएका हुन्छन्। तिनलाई किन उडाउन लगाइएन? बोइङ ७५७ उडाउन निगमसँग डेढ दर्जन क्याप्टेन छन्, कसै न कसैलाई त मनाउन सकिन्थ्यो।'

नेपाली पाइलटहरूको लाइसेन्स नवीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गर्छ। लाइसेन्स नवीकरण गर्न पाइलट स्वयं उपस्थित हुनुपर्छ। विगतमा वायुसेवा कम्पनीकै कर्मचारीले कागजपत्र लगेर नवीकरण गराए पुग्थ्यो। प्राधिकरणले लाइसेन्सको म्याद सकिनु दुई साताअघि नै नवीकरणको प्रक्रिया चाल्न पाइलटलाई आग्रह गर्दै आएको छ।

Nagarik News
No news.
Australian Dollar to Nepalese Rs