Thursday April 25, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

Australia Ma Nepali Community

AustraliaMa.com is a network of Nepalese people living in Australia. We are here to kick start your life in Australia with guides from getting a place to live to getting a job in Australia. Our members help each others by posting job offers they know, rooms they want to share and many more. Register yourself and get to be a part of "Australia Ma Nepali" community.

साथीहरु तपाईंहरु लाई थाहा भएको कामहरु, कोठा वा अपार्टमेन्ट हरुको सूचना दिएर अरु साथीहरुको मद्दत गरिदिनुहोला। धन्यवाद

We request friends from anywhere in Australia to list jobs opportunites, room shares so that we can help our friends from Nepal who might find the information useful and important.

Post Jobs, Rooms or Ads

१३ दिने क्रियाको महत्व

Feb 6, 2017 under Culture and Tradition

बाबुआमाको काजक्रिया १३ दिनबाट ५ दिनमा झार्ने विषयमा बहस चलिरहेको छ । केहीले यस्तो अभ्यास गरी पनि सकेका छन् । हिन्दू सनातन धर्मग्रन्थ र संस्कारका आधारमा आमाबाबुको मृत्युपछि दाह कर्मपश्चात १३ दिन काजक्रिया गर्ने चलन छ । हिन्दू सनातन धर्म भनेको ऋषिमुनि अर्थात् à¤…हिलेको शब्दमा लोकले विश्वास गरेका विद्वान्हरूको विचार, तर्क र निष्कर्ष हो । यो कठोर रुढीवाद होइन । ज्ञान, आविष्कार, तर्क र पुष्ट्याइँको नियम हो ।

पुराणहरूमा एक दिन, पाँच दिन, सात दिन, १० दिनमा काजक्रिया सम्पन्न गरेका कथा पाइन्छन् । यसैको आधारमा हाल १३ दिनमा गरिँदै आएको सम्पूर्ण कर्म ५ दिनमा सम्पन्न गरेर उम्कने अभ्यासको थालनी भइरहेको छ । यो १३ वर्षबाट १३ दिनमा झरेको हो भन्ने तर्क पनि समाजमा सुन्ने गरिन्छ तर त्यसको शास्त्रीय प्रमाण भने छैन । 

अपवादका घटनामा काजक्रिया छोटो अवधिमा सम्पन्न गर्न ऋषिमुनिले नै अनुमति दिएको प्रमाण शास्त्रमा भेटिन्छ । विशेष परिस्थिति र अपवादका घटनालाई सामान्य अवस्थामा लागु गर्नु भने उचित मानिदैन । बाध्यता परेको बेलामात्र औचित्य पुष्टि गरेर यस्ता दृष्टान्तलाई दोहो¥à¤¯à¤¾à¤‰à¤¨ सकिन्छ ।
बाबुआमाको भौतिक शरीर दाह संस्कारपछि अन्त्य हुन्छ ।

त्यसपछिको कर्म मृतआत्माको निम्ति भनेर गरिन्छ । आत्माको छुट्टै अस्तित्व हुन्छ या हुँदैन भन्ने विषयमा ठोकुवा गर्न सकिने आधार, तथ्य र प्रमाण मानव जातिले भेटाउन सकेको छैन । आत्माको अस्तित्व अस्वीकार गर्नेका लागि मृतआत्माको काजक्रियाको कुनै औचित्य छैन भन्ने तर्क पनि गर्ने गरिएको छ ।

हिन्दू परम्परा र नियमलाई विश्लेषण गर्दा आत्माको अस्तित्व मान्ने र नमान्ने दुवैका लागि काजक्रिया अति महत्वपूर्ण देखिन्छ । तेह्र दिनको क्रममा शरीरबाट छुट्टिएर गएको आत्मालाई पुनर्वासको लागि आधार निर्माण गरिदिने र भोजनको व्यवस्था गरिदिने तथा अन्त्यमा पुर्खासँग भेट गराएर छोडिदिने शास्त्रमा उल्लेख छ । आत्माको अस्तित्व छैन भने यो सबै बेकारजस्तो देखिन्छ ।

आत्माको अस्तित्व नमान्ने हो भने पनि काजक्रियाको पारिवारिक, सामाजिक र मनोवैज्ञानिक महत्व ठूलो छ । नयाँ पुस्ताले आफ्ना इष्टमित्र, कुल, नातापाता चिनेको हुँदैन । त्यसअघि कहिल्यै त्यो घर नआएका नातेदार पनि काजक्रियाको समयमा घोत लिएर आइपुग्छन् । यसले पारिवारिक सम्बन्धलाई बलियो बनाउनुको साथै शोकाकुल परिवार सदस्यलाई धैर्यधारणको शक्ति प्राप्त हुन्छ ।

बाबुआमाको योगदान, कर्म, गुण पूर्णरूपमा सन्तानलाई थाहा हुँदैन । काजक्रियाको समयमा अग्रजबाट जानकारी पाई सन्तानलाई सन्तुष्टि प्राप्त हुन्छ । पाँच दिनमै काजक्रिया टुंग्याएर लाखापाखा लाग्ने हो भने आफ्ना इष्टमित्र र बाबुआमाका हितैषीसँग भेट हुन सक्दैन । किनभने पाँच दिनभित्र सबैले खबर पाउन सक्दैनन् र खबर पाए पनि समय मिलाएर क्रियाघर आइपुग्न भ्याउँदैनन् । यसका लागि कम्तीमा १० दिन आवश्यक पर्छ ।

बाबुआमा गुमाएका व्यक्तिको मनमा हुने पीडा बाहिरका व्यक्तिले महसुस गर्न सक्दैनन् । हिन्दू संस्कारको काजक्रियाले मनोवैज्ञानिक प्रभावमार्फत् पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मृत शरीर पनि देख्न नपाई आफन्तको मृत्यु स्वीकार गर्नुपर्दा कति पीडा हुन्छ भन्ने त्यो भोगेका व्यक्तिलाई सोध्नुपर्छ । त्यसैले सात समुद्र पारबाट शव, मांशपिण्ड वा अस्तु ल्याएर यहाँ सतगत गरिन्छ । आफ्नै काखमा आफन्तको मृत्यु भएको, दाहसंस्कारमा संलग्न हुन पाएको र १३ दिनसम्म मृतकका घरमा बस्न पाएको अवस्थामा पीडा धेरै हदसम्म कम हुन्छ ।

समय बित्दै जाँदा निधन भएका बाबुआमाको सम्झना कम हुँदै जान्छ । तर, एक्कासी सन्तान चिन्तामुक्त हुन सक्दैनन् । आफूले माया गर्ने बाबुआमा थिए भने सन्तानको मानसपटल सामान्य अवस्थामा फर्कन करिब एक वर्षको समय लाग्छ । यो भोगेकाले अनुभव गरेका हुन्छन् । 

हिन्दू संस्कारले त्यो एक वर्षसम्म सन्तानलाई बाबुआमाको नजिक रहेको आभास दिलाउने गर्छ । तेह्र दिनको कर्ममा सन्तानले बाबुआमासँगै रहेको महसुस गर्नुको साथै सत्यलाई स्वीकार गर्न आत्मबल प्राप्त गरेका हुन्छन् । हिन्दू संस्कारमा हरेक दिन जेजस्ता कर्म गर्नुपर्ने नियम बनाइएका छन् तिनले पक्कै पनि आत्मसन्तुष्टि प्राप्त गर्दै पीडालाई बिर्सन मद्दत गर्छन् । 

निधन भएका अभिभावक फर्केर त आउँदैनन् तर उनीहरुको बिदाइ चरणबद्धरूपमा गर्दा मनमा चिन्ता र पीडाको दबाब कम पर्छ । पाँच दिनमै काजक्रिया सकेर लाखापाखा लाग्ने हो भने माया गर्ने अभिभावकको सम्झनाले मनमा निरन्तर पीडा दिइरहन्छ । यो पीडा कम गर्न ऋषिमुनिहरूले १० दिनसम्मको एक चरणको कार्य, १३ दिनसम्म अर्को चरणको कार्य, त्यसपछि १२ महिनासम्म हरेक महिनाको कार्य र त्यसपछि वार्षिक श्राद्धको चलन चलाएइको हुनुपर्छ । 

आफन्तको मृत्यु माया गर्नेका लागि अत्यन्तै पीडाको अवस्था हो । यो मायाको जालोभित्र रहेकाले मात्र अनुभव गर्ने कुरा हो । माया, पीडा, चिन्ता भावनात्मक विषय हुन् । यसलाई वस्तुगत वा भौतिक विज्ञानको आधारमा विश्लेषण गरेर निष्कर्ष निकाल्नु हुँदैन । बाबुआमालाई जिउँदो छँदासम्म माया नगर्ने सन्तान छ भने उसले एक दिन पनि काजक्रिया गर्न आवश्यक हुँदैन । उसलाई पीडाबाट मुक्त भएर सामान्य अवस्थामा आउन समय नै आवश्यक पर्दैन । 

भावनात्मक सम्बन्ध भएको व्यक्तिको हकमा हिन्दू संस्कारले निर्धारण गरेको समयावधि वैज्ञानिक देखिन्छ । यसलाई छोट्याउने हो भने मानसिक पीडा बढाएर आफ्नो दैनिकी गुजार्न पनि तयार हुनुपर्छ ।

काजक्रियाको समयावधि र प्रक्रियालाई अभिभावक गुमाएको पीडा कम हुने र उसले नियमित आफ्नो पेसा व्यवसाय सञ्चालन गर्न सक्ने आत्मबल आउने समयको बीच सन्तुलन कायम हुने गरी तय गर्नुपर्छ । तुरुन्तै काममा फर्केपछि मृतकको सम्झना र मनको पीडा हटिहाल्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हुनेछ ।


rameshghimire21@gmail.com

Tags: No tags.

Australian Dollar to Nepalese Rs