Tuesday March 19, 2024
BS 2080 Chaitra 6
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

हुण्डी विरुद्ध प्रहरीको कडाई, अष्ट्रेलियाबाट यसरी भित्रिन्छ अवैध रकम

Jun 8, 2018 under Business/Economy 516

काठमाडौं, २४ जेठ । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ ।

देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थ मन्त्रालयले हुण्डी कारोबारीविरुद्ध कारबाही गर्न प्रहरीलाई पटक–पटक निर्देशन दिंदै आएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

महानगरीय अपराध महाशाखाले जेठ २१ गते हुण्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गर्यो । राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्र्र्केिटङका राजकुमार सिघान्ची र जगदिश सरियालाई महाशाखाले पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ ।

यसअघि महाशाखाको टोलीले नक्साल भाटभटेनी नजिकैको एक बुटिक पसलबाट हुण्डी गर्न लागिएको १७ लाख अवैध रकमसहित वाइड हुसेन र उनका भाईलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरी हुसेनको नेटवर्क भित्र पसेको खण्डमा ठूला हुण्डी कारोबारीहरुको पर्दाफास हुने एक व्यवसायी बताउँछन् । तर, हुसेनलाई मात्र मुद्दा चलाएर प्रहरी उसको नेटवर्क भित्र पस्न नसक्दा ठूला कारोबारी उम्कने खतरा बढेको छ । यद्यपी महाशाखाले भित्रभित्रै हुसेनसँग मिलेर काम गर्ने ठूला कारोबारीहरुलाई खोजि गरिरहेको स्रोत बताउँछ ।

हुसेनले नेपालबाट जेपी भट्टराई नाम गरेका व्यापारीको एजेन्ट बनी हुण्डीमार्फत अष्ट्रेलियाबाट आउने रकमलाई नेपाली बजारमा पु¥à¤¯à¤¾à¤‰à¤à¤¦à¥ˆ आएका छन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको रकम भने जेपीका छोरा विनोदले फेसबुकमा मोवाइल नम्बर र रेट नै राखेर हुण्डीमार्फत नेपाल पठाउने गरेका छन् । अष्ट्रेलियामा अवैध रुपमा बस्दै आएका विनोदले सोझा साझा विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पार्न फेसबुकमार्फत सहयोगीहरुलाई स्टाटस लेख्न लगाई हुण्डीबाट रकम पठाउन प्रोत्साहन गर्दै आइरहेका छन् ।

विदेशबाट आउने अवैध रकममध्ये सबैभन्दा बढि अष्ट्रेलियाबाट नेपाल भित्रिने गरेको छ । खाडी राष्ट्र, भारत र कोरियाबाट पनि हुण्डीमार्फत अवैध रकम भित्रिदै आएको छ । केही समय अघि एसएसपी दिवेश लोहनी अपराध महाशाखामा छँदा प्रहरीले जेपीको स्वार्थमा अर्का एक हुण्डी व्यापारीलाई पक्राउ गरी कारबाही गर्न खोज्दा जेपीको अवैध धन्दाको पोल खुलेको थियो । जेपीले प्रहरीलाई ति व्यापारी ठूलो कारोबारी हो भन्दै सूचना दिएर आफ्नो धन्दा लुकाई करोडौं असुल्न खोजेपछि दुबै जना कारोबारी रहेको खुलेको थियो ।

स्रोतका अनुसार अष्ट्रेलियामा रहेका भट्टराईका छोरा विनोद र ति व्यापारीका आफन्तबीच पार्टनरसीपमा हुण्डीको अबैध काम हुने गरेको थियो । जसका आधारमा भट्टराईले ग्राहकलाई पैसा दिँदै आएका थिए । अहिले प्रहरीले व्यापारको आवरणमा हुण्डीको काम गर्ने जेपीको समूहलाई पनि जालोभित्र पार्न लागेको छ ।

हुसेन कारबाहीमा परेपछि जेपी केही समय विदेश गई नेपाल फर्केका थिए । आफ्नै सूचनाका आधारमा प्रहरीले हुसेनलाई कारबाही गरेको भन्दै जेपी आफूलाई प्रहरीले केही गर्न नसक्ने बताउँदै हिड्न थालेको कारोबारहीहरुबीच चर्चा छ । जेपीलाई एक मेनपावर व्यवासायीले पनि हुण्डी कारोबारमा साथ दिंदै आएका छन् । ति व्यवसायीको प्रहरीका उच्च अधिकारीहरुसँग समेत उठबस रहेको छ । उनीहरुले हुण्डीमार्फत फसेको पैसा उठाउन प्रहरीमा लेनदेनको कागज बनाउँदै आएका छन् ।

आफूले निरन्तर हुण्डीको कारोबार गर्ने र विरोधिहरुलाई ठेगान लगाउन प्रहरीलाई सूचना दिई गोरे शैलीमा जेपीको समूहले काम गर्दै आइरहेको छ । तस्करीको साढे ३३ केजी सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महाशाखाको छवी गुमेको थियो । पछिल्लो समय महाशाखाले आक्रमक रुपमा हुण्डी कारोबारीहरुलाई पक्राउ गरी कारबाही गर्न थालेपछि भारतको बोर्डरमा बसेर विदेशी नम्बर सञ्चालन गरी अवैध हुण्डीको कारोबार गर्दै आएका जेपीलगायत फन्दामा पर्ने अवस्था देखिएको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भने अवैध हुण्डी कारोबारीविरुद्ध सचेत भएर नै हुण्डी कारोबारीविरुद्ध अप्रेसन सुरु गरिएको बताउँछन् । उनले भने–‘हुण्डी कारोबारीहरु फन्दामा पर्ने क्रम जारी छ । प्रहरीले कुनै पनि त्रुटिपूर्ण काम गर्दैन ।’

Australian Dollar to Nepalese Rs