Thursday April 18, 2024
BS 2081 Baishak 6
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

जब अष्ट्रेलियाको चोक चोकमा नेपाल गुन्जियो

Mar 27, 2018 under Australia 90

अष्ट्रेलियाको सिड्नीबाट चार सय किलोमिटर टाढा रहेको काउराले मनाउने नियमित वार्षिक उत्सवमा यसपाला नेपालमय बनाएको छ।

काउराले यसपाली आफ्नो वार्षिक महोत्सवलाई नेपालको नाममा आयोजना गरेको हो।

यहाँका मुख्य बजार र चोक चोकमा नेपाल झल्कने पोष्टर र नेपाली पहिचान बढाउने सामाग्री राखिएका छन्।

सिटी काउन्सिलबाट निकालिएको झाँकीसहितको र्‍यालीमा नेपाली भेषभुषा, सगरमाथा, लुम्बिनीलगायत झन्कले सामाग्री राखिएको थियो। हजारौको संख्यामा रहेका अष्ट्रेलियन सहभागी र्‍याली स्थानीय पार्कमा गएर महोत्सवका रूपमा परिणत भएको थियो।

नेपाल चिनाउने यस्तो कार्यक्रम गरेकोमा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की सेर्पाले धन्यवाद दिइन्।

‘सरकारले आयोजना गर्नुपर्ने यस्ता मुलुक चिनाउने कार्यक्रम अस्ट्रेलीयाको काउरा नगरले गरेकोमा हामी गौरवान्वित भएका छौ,’ एनआरएन ओसेनियाका संयोजक धर्म अधीकारीले सेतोपाटीसँग भने।

अष्ट्रेलियामा यहीको नगरले पहिलो पटक आयोजनामा गरेको यति भब्य कार्यक्रममा सभ्य तरिकाले चलिरहेको छ।

Setopati

Tagged: No tags.

No news.
Australian Dollar to Nepalese Rs