Thursday April 25, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

अब जुनसुकै बैंकबाट पनि आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सकिने

Jan 22, 2018 under Business/Economy 516

व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकको निर्देशन 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको यो व्यवस्था कार्यन्वयनमा ल्याएको हो ।

 

आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे अन्तर बैंक भुक्तानी प्रणाली मार्फत यस्तो व्यवस्था à¤—र्न निर्देशन दिएको हो ।

यो व्यवस्थामा कार्यान्वयनमा आएपछि ग्राहकले आफ्नो खातामा पैसा जम्मा गर्न आफ्नो खाता रहेकै बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । उनीहरुले नजिकको जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट खाता रहेको बैंकमा रकम जम्मा गर्न सक्नेछन् ।

यो व्यवस्थाले आफ्नो बैंक नै खोज्दै हिड्नुपर्ने अवस्थाको अन्त्य मात्र हुनेछैन रकम जम्मा गर्न लाग्ने यातायात लगायतमा हुने खर्च पनि कटौती हुने विश्वास राष्ट्र बैंकको छ ।

हाल सञ्चालनमा रहेको अन्तर बैंक भुक्तानी प्रणाली मार्फत नै ग्राहकहरुले जुनसुकै बैंकमा जम्मा गरेको रकम आफ्नो खाता रहेको बैंकमा पुग्नेछ । नेपाल क्लियरिङ हाउसले हाल अन्तर बैंक भुक्तानी सेवा मार्फत् रकम, लाभांश लगायत ट्रान्सफर गर्न सकिने सुविधा दिइरहेको छ ।

No news.
Australian Dollar to Nepalese Rs