Thursday March 28, 2024
BS 2080 Chaitra 15
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

८२ वर्षपछि एसएलसी परीक्षाको अन्त्य, आजदेखि एसईई परीक्षा सुरु हुँदै

Mar 16, 2017 under Education 48 , National 834

काठमाडौं । नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशीका परीक्षा (एसएलसी) को अन्त्य भएको छ । विसं. १९९० सालको पुस अन्तिम सातादेखि नेपालमा पहिलो पटक कक्षा १० को प्रवेशीका परीक्षा (एसएलसी) सुरु भएको थियो । एसएलसी सुरु भएको ८३ औं वर्ष २०७३ देखि भने माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्षदेखि कक्षा १० को परीक्षा माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत संचालन हुन लागेको बताए ।  à¤¶à¤¿à¤•à¥à¤·à¤¾ ऐन (आठौं संशोधन) संशोधित ऐन बमोजिम कक्षा ९ देखि १२ सम्म माध्यमिक तह मानेको छ ।

नियन्त्रक रेग्मीले शिक्षा ऐनले स्कुल लिभिङ सर्टिफिकेट अर्थात एसएलसी परीक्षा अब कक्षा १२ मा समायोजन गरेको छ । उनले कक्षा १० को लागि अब देखि एसएलसी सरह कै एसईई लागु गरिएको जानकारी दिए । यससँगै नेपालको शैक्षिक इतिहासमा आइरन गेट भनेर मानिने कक्षा दशको एसएलसी परीक्षाको निरन्तरता पनि इतिहास मात्र भएको छ ।

कसरी संचालन हुन्थ्यो त्यस बेलाको एसएलसी ?
१९९० कात्तिक १६ गते नेपालमा पहिलो पटक एसएलसी परीक्षा बोर्डको गठन भएको थियो । त्यसभन्दा पहिले विद्यार्थीहरु एसएलसी दिन भारतको कलकत्ता र पटना विश्वविद्यालय जानुपथ्र्यो । त्यसबेला नेपाल सरकारको लागि पटना विश्वविद्यालयले नै परीक्षा सम्बन्धि सबै प्रकृया हेर्ने गर्थ्यो । 
पहिलो पटकको एसएलसीमा कुल ३४ परीक्षार्थी सहभागी भएका थिए तर कोही पनि प्रथम श्रेणीमा आउन सकेका थिएनन् । यद्यपि पहिलोपटकको एसएलसीमा एक जना महिलाले फारम भरे पनि परिक्षामा भने उनी सहभागी भइनन् ।

प्रथम पटकको एसएलसीमा दोस्रो श्रेणीमै भए पनि सर्वाधिक अंक प्राप्त गर्ने पुष्पभक्त मल्ल थिए । त्यसको धेरै वर्षपछि मात्रै विसं.२०३९ मा लुना भट्ट पहिलो महिला बोर्ड प्रथम भएकी थिइन ।

प्रथम एसएलसी नै बीचमा रोक्नुपरेको थियो 
नेपालमा १९९० सालको पुस अन्तिम सातामा पहिलो पटक एसएलसी सुरु भयो तर परीक्षा आधाआधी हुँदा १९९० माघको २ गते महाविनाशकारी भूकम्प गयो जसकारण कही दिन परीक्षा नै स्थगित गर्नुपरेको थियो ।

आजदेखि देशभर एसईई परीक्षा सुरु
आजदेखि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर सुरु भएको छ । 
पहिलो दिन अनिवार्य अंगे्रजी विषयको जाँच चलिरहेको छ भने विहान ८ बजेदेखि सुरु परीक्षा ११ बजेसम्म चल्नेछ ।
यसवर्ष काठमाडौं जिल्लामा सबभन्दा बढी  à¥©à¥« हजार ५१० परीक्षार्थी एसईई परीक्षामा सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालयका उप–नियन्त्रक गुरुप्रसाद पौडेलले देशभर १९ सय २३ परीक्षा केन्द्रहरु निर्धारण गरिएको बताए । पौडलले एसईई परीक्षा चैत ३ गते बिहीबारदेखि सुरु भई १४ गतेसम्म जारी रहने जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको लागि यसवर्ष देशभर २ लाख ५९ हजार ७३२ छात्र तथा २ लाख ७८ हजार ४५० छात्रा गरी कुल ५ लाख ३८ हजार १८२ विद्यार्थी सहभागी हुँदैछन् । उपनियन्त्रक पौडेलले यसवर्ष भने मनाङ्ग जिल्लामा भने सबभन्दा थोरै ६२ जना विद्यार्थी मात्रै सहभागि भएको जानकारी दिए ।

परीक्षामा देशभरका ९ हजार ८ सय ३४ विद्यालयका नियमिततर्फ ४ लाख ६४ हजार ७४३ तथा प्राविधिक धारतर्फका ३ हजार ६ सय ५७ परीक्षार्थी सम्मिलित रहेको उपनियन्त्रक पौडेलले जानकारी दिए । आंशिक ५० हजार ८ सय २७ र एक्जाम्टेडतर्फ १८ हजार ९०९ विद्यार्थी रहेका छन् ।

उनले उपत्यका र तराईका जिल्लामा ३ सय विद्यार्थी बराबर १ केन्द्राध्यक्ष त्यसैगरी १५० विद्यार्थी बराबर १ जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर १ निरीक्षक, २० जना परीक्षार्थी बराबर १ कार्यालय सहयोगी तथा प्रति परीक्षाकेन्द्रमा १५ जना सुरक्षाकर्मी खटाइएको बताए । हिमाली जिल्लाहरुमा भने १५० विद्यार्थीको रेसियोमा केन्द्राध्यक्ष लगायत अन्य जनशक्ति खटाइएको उनले जानकारी दिए ।

Baarakhari.com

Tagged: Nepal 601, SLC 3, SEE 5

No news.
Australian Dollar to Nepalese Rs