Thursday April 25, 2024
BS 2081 Baishak 13
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

महाशिवरात्रि पर्व : केहि रोचक विषय

Feb 24, 2017 under Culture and Tradition 16

फागुन कृष्ण त्रयोदशीका दिन शुक्रवार पशुपतिनाथ लगायत मुलुकका सवै शिवालयमा शिवको आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। छिटै प्रसन्न हुने स्वभावका आशुतोषका रुपमा वर्णित देवादिदेव महादेवको यस दिन स्तुती गर्नाले मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ।

श्रीपशुपतिनाथ, आशुतोष शिव मन्दिर सिलगढी, धनुषा, नुवाकोट र सिन्धुपाल्चोकको कपिलेश्वर, सिन्धुली दुम्जाको कुशेश्वर र बाल्मिकेश्वर, पर्वतको गुप्तेश्वर, महोत्तरीको जलेश्वर, दैलेखको धुलेश्वर, ओखलढुङ्गाको नर्मदेश्वर र जलेश्वर, धनकुटाको नागेश्वर, रामेछापको नीलकण्ठेश्वर, स्याङ्जाको फूलवारी महादेव, भोजपुरको बहेरेश्वर, सङ्खुवासभाको बानेश्वर महादेव, रुपन्देहीको मनौरी महादेव, डोल्पाको महादेवसतीदेवी स्थान, ताप्लेजुङ् पुरुम्वाको शिव मन्दिर, खोटाङ्को हेलेसी, सुनाकोठीको भृङ्गारेश्वर, काठमाडौं फर्पिङ्को उद्धालेश्वर, ज्ञानेश्वर महादेव, डिल्लीबजारको वसन्तेश्वर महादेव लगायतका शिवालयमा उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदैछ ।

सिफलको भण्डारेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर र डोलेश्वर, धनकुटाको त्रैलेक्येश्वर, रुकुमको शेरेश्वर, लुभुको गोभ्राटेश्वर, तनहुँको मुकुन्देश्वर, काठमाडौँको नन्दीकेश्वरमा पनि महाशिवरात्रि भव्यताका साथ मनाइँदैछ। बडादशैँको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि र यो महाशिवरात्रि गरी चार रात्रिको शास्त्रमा प्रधान स्थान रहेको वर्णन छ। पशुपति क्षेत्रमा जीतजङ्गप्रकाशेश्वर, राजराजेश्वरी नवदुर्गामा रहेको पाँच टाउके महादेवमा यो दिन होम आयोजना गरिन्छ।

जलद्राेणी दक्षिण फर्किएको मुलुकको एक मात्र शिवलिङ् मानिएको जयवागेश्वरी अमालकोटस्थित खञ्जनेश्वर महादेवमा पनि बिशेष स्तुती गरिँदैछ। पशुपतिमा जेष्ठ नागरिक र अपाङ्गता भएकाले गौशालास्थित कोषको कार्यालयमा सम्पर्क राखेर लाइन वस्न नपर्ने गरी पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार बिशेष पूजा गर्न चाहनेले रात्रि पक्षमा लाइन बसेरै पशुपतिनाथको दर्शन गर्न सक्नेछन्। नगदी रसिदको पूजा व्यवस्था यो पल्ट हटाइएको छ। पशुपतिमा महापुरुष, नागा, महामण्डलेश्वर, दिगम्बर, अवधूत, अघोर, महानिर्वाणी, निरञ्जन र लालमोहरीया जस्ता उत्कृष्ठ साधुको आगमन भएको छ। हिमाञ्चल प्रदेशबाट नाम कहलिएका राजेशबाबा यहाँ आउनुभएको पशुपति गुठी गोश्वारा कार्यालयले जनाएको छ।

Lokaantar

Tagged: No tags.

No news.
Australian Dollar to Nepalese Rs