Saturday April 20, 2024
BS 2081 Baishak 8
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

एडिलेडमा नेपाल फेस्टिभलको भव्य तयारी, अष्ट्रेलियन नेताहरु जुटे प्रचारमा

Feb 17, 2017 under Culture and Tradition 16 , Nepalese in Australia 91 , National 834

एडिलेड । आगामी मार्च २५ मा दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिबलको प्रचार भिन्न ढंगबाट सुरु भएको छ ।

अष्ट्रेलियन राजनीतिक दलका नेता, सांसददेखि यहाँका लर्ड मेयरसम्म नेपाल फेस्टिभलको प्रचारका लागि आफ्नो भिडियो सामाग्री तयार गरेर अष्ट्रेलियन समुदायलाई नेपाल फेस्टिबलमा आउन आह्वान गरेका छन् ।

उक्त कार्यक्रममा सहभागी हुन à¤à¤¡à¥€à¤²à¥‡à¤¡ सिटी काउन्सिलका लर्ड मेयर मार्टिन हेसले भिडियो सन्देशमा सबैलाई महोत्सवमा सहभागी हुन र सफल पार्न आह्वान गरेका छन् ।

त्यस्तै नेपाल भ्रमण गरिसकेकी à¤²à¤¿à¤µà¤°à¤² पार्टीकी नेतृ तथा सांसद झिङ ली à¤¨à¥‡à¤ªà¤¾à¤² फेस्टिबलको प्रचारमा निकै अग्रसर छिन् । नेपाल भ्रमणको आफ्नो अनुभूतिसमेत सुनाउँदै झिङ लीले पनि साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेकी छन् ।

यसैगरी à¤¬à¤¹à¥à¤¸à¤à¤¸à¥à¤•à¥ƒà¤¤à¤¿ मन्त्री जोई बेटिसनले भिडियो सन्देशमा सम्पूर्ण साउथ अस्ट्रेलियनहरुलाई नेपाली समुदायले आयोजना गर्न लागेको नेपाल फेस्टिभलमा सहभागी हुन आह्वान गर्दै नेपाली समुदाय साउथ अस्ट्रेलियाको लागि योङ र गतिशील समुदाय रहेको भन्द्र प्रशंसा गरेकी छन् ।

गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलियाले आउने मार्च २५ तारिकमा एडिलेड सिटीमा नेपाल फेस्टिबल आयोजना गर्दैछ । फेस्टिबलमा नेपाली आर्ट, कल्चर, फेशन सहित बिभिन्न खानाका परिकारहरु रहनेछन् ।

नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतको कार्यालय साउथ अस्ट्रेलिया र एडिलेडका सामुदायिक संस्थाहरुको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमको भव्यताका साथ तयारी थालिएको छ । नेपाल र नेपालीको कला संस्कृति भेषभूषा र पहिचानबारे साउथ अस्ट्रेलियामा प्रचारप्रसार गर्न फेस्टिबलले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

कार्यक्रमलाई प्रचार प्रसार गर्न अहिले साउथ अष्ट्रेलियाका राजनीतिक क्षेत्रका व्यक्तित्वहरुले पनि सहयोग गरेका छन् ।

Onlinekhabar.com
No news.
Australian Dollar to Nepalese Rs