Saturday April 20, 2024
BS 2081 Baishak 8
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

मेलवर्नमा नेपाली आमा-छोरीको रहस्यमय मृत्यु

Feb 1, 2017 under Nepalese in Australia 91 , Accidents/Incidents 105

 à¤®à¥‡à¤²à¤µà¤°à¥à¤¨ । à¤…ष्ट्रेलियाको मेलवर्नमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरीको रहस्मय मृत्यु भएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मृतक ३९ वर्षीया महिला उत्तरी मेलवर्नको पास्के भेलस्थित अस्कानासी एभिन्यूमा आफ्नो श्रीमान र छोरीसँग बस्ने गर्थिन् ।

उनीहरुका एक छिमेकीले आइतबार एक पुरुष अत्तालिदै बाहिर दौडिरहेको आफूले देखेको बताएका छन् । उनी मृतक महिलाका श्रीमान हुनसक्ने अनुमान गरिएको छ ।

ती १८ वर्षीय छिमेकी मोहम्मद असदले हेराल्ड सनसित भने, ‘उनी चुपचाप आएर घरभित्र पसे अनि एकछिनपछि चिच्याउँदै बाहिर निस्के ।’

उनले सो परिवारमा यसअघि कुनै झैंझगडा भएको आफूले थाहा नपाएको बताए ।

सोही दिन बेलुकी ५:३० बजे प्रहरीको आपतकालिन टोली घटनास्थलमा आइपुगेको थियो ।

सिरले नाम गरेकी मृतक महिलाले नजिकै मिल्क बार चलाउने गर्थिन् । यो परिवार पाँच वर्षदेखि यहाँ बस्दै आएको थियो । शनिबार दिउँसो घरभित्रबाट मानिसहरु कराएको आवाज आएको छिमेकीहरुले बताएका छन् ।

मृत्युको खास कारण पत्ता लागेको छैन । प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

भिक्टोरियाका प्रहरी आयुक्त ग्राहम आस्टोनले यस घटनामा बाहिरी व्यक्ति जोडिएको अहिलेसम्म नपाइएको बताए । उनले घटनालाई भयानक दुखान्तको संज्ञा दिएका छन् ।

 

vic-police-australia

No news.
Australian Dollar to Nepalese Rs