Saturday April 20, 2024
BS 2081 Baishak 8
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

सिड्नीमा भब्य रह्यो तमु ल्होछार

Jan 8, 2017 under Culture and Tradition 16 , Nepalese in Australia 91 , Australia 90

 à¤¸à¤¿à¤¡à¥à¤¨à¥€ । गुरुङ जातिको महान पर्व तमु ल्होछारका अबसरमा तमु समाज सिड्नी अष्ट्रेलियाले शनिवार सिड्नीमा शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
बाँदर बर्ष सकिएर नयाँ बर्ष अर्थात् चरा बर्ष सुरु भएको अबसरमा सिड्नीमा रहेका गुरुङ समुदायले यो कार्यक्रम आयोजना गरेका हुन् ।

हर्सभिलको मराना अडिटोरियममा भएको कार्यक्रममा गुरुङ भेषभुषा तथा पहिरनमा सजिएका हजुरबुबादेखि नातीपुस्तासम्मको उपस्थीति थियो । सिड्नीमा बसोबास गरिरहेका पाँच सय बढी नेपालीहरुको उपस्थीति थियो ।

कार्यक्रममा तमु समाज सिड्नी अष्ट्रेलियाका अध्यक्ष ज्ञानबहादुर गुरुङले शुभकामना दिनुभयो । हाल अष्ट्रेलिया भ्रमणमा रहेका भूपू अञ्चलाधीश लालकाजी गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
नेपालबाट आउनुभएकी गायिका माया गुरुङले नेपाली र गुरुङ भाषामा गाउनुभएका गीतमा उपस्थीत दर्शकले निकै आनन्द लिए ।

स्थानीय कलाकारहरुले १२ वटा नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए भने मध्यरातसम्म माया गुरुङको गीतमा नाचगानमा ब्यस्त रहे ।

तमु समाज सिड्नीले १९९६ देखि नै ल्होसार कार्यक्रम गर्दै आएको संस्थाका पूर्व अध्यक्ष देव गुरुङले जानकारी दिनुभयो । हाल तमु समाजले बुद्ध जयन्ती र ल्होछार गरी बर्ष दुईवटा ठूला कार्यक्रम आयोजना गर्दै आएको छ ।

tamu-losar-sydney-2tamu-losar-sydney-3

tamu-losar-sydney-4

No news.
Australian Dollar to Nepalese Rs